हिरापुर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा धनाडी चयन

बैतडी : शिवनाथ गाउँपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। सोमबार बसेको अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो।

नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माहादेवसिह धनाडीलाई चयन गरिएको प्रधानाध्यापक भान बहादुर चन्दले बताउनुभयो। सदस्यहरुमा शंकर दयाल, चादनी पार्की, शान्ती सुतार, मोहनसिह धनाडी, कविता दयाल, शिक्षक प्रतिनिधिबाट करण बहादुर चन्द, सदस्य सचिवमा भान बहादुर चन्द र एकजना वडा प्रतिनिधिबाट सदस्यमा चयन गरिएको जनाईएको छ।

विद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरुसंग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्षसंग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष चन्दले बताउनुभयो। विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रममा वडाध्यक्ष भरतराम पार्की लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.