बैतडीको पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

बैतडी-बैतडीको पञ्चेश्वरमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू भएकाे छ। पञ्चेश्वर गाउँपालिका-०५ धिरमाेडामा रहेकाे देवथला खेल मैदानमा चाैथाे स्थानीयतह गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू भएको हाे।

गाउँपालिका अध्यक्ष गाेरख बहादुर चन्दकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य गाेविन्द गिरिकाे प्रमुख आतिथ्यमा प्रतियोगिताकाे उद्घाटन गरिएको विद्यालय निरिक्षक महामलसिह घटालले बताउनुभयो। यसैगरी गाउँपालिका प्रवक्ता जनक बहादुर चन्द बिशिष्ट अतिथि रहनुभएकाे थियाे।

प्रतियोगिता तिनदिनसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा ९ माध्यमिक विद्यालय सहभागी भएका छन।

प्रतियोगिताकाे मुख्य व्यवस्थापक नागाचर्न माध्यमिक विद्यालय रहेकाे छ। सह व्यवस्थापककाे जिम्मेवारी जयपुर माध्यमिक विद्यालय, आमपुर माध्यमिक विद्यालय र माहाकाली आधारभुत विद्यालयले लिएका छन।

Leave A Reply

Your email address will not be published.