बैतडी : मेलौली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गतेदेखी १५ गतेसम्म हुने भएको छ। मेलौली नगरपालिका–०१ मा रहेको बिठन्ने खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आज एक सुचना प्रकासन गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा नगरपालिका भरीका सम्पूर्ण माध्यमिक विद्यालहरुलाई विद्यार्थीहरु सहभागि गराईदिन आग्रह गरिएको छ।
प्रतियोगितामा सहभागि हुने माध्यमिक विद्यालहरुले माघ ११ गतेसम्म विद्यार्थीहरुको बिवरण पठाउनु पर्ने छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा विद्यार्थीहरुको बिवरणसहित फारम पठाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले बताउनुभयो।
प्रतियोगितालाई सभ्य भब्य तवरले सम्पन्न गर्नमा भुमिका खेलिदिन नगरपालिकाले आग्रह गरेको छ।
