बैतडीका स्वतन्त्र उम्मेदवार चन्दले लिए उम्मेदवारी फिर्ता

बैतडीमा एक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दिर्ता गराएका चन्दले आज उम्मेदवारी फिर्ता लिएका हुन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले यसअघि सामाजिक सञ्जालबाट आफुले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए।

दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक रुपमा अघि बढ्ने बताउदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए। तर अहिले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ।

Leave A Reply

Your email address will not be published.