आमोद इंङ्गलिस बोडिङ्ग स्कूलको १८ औं बार्षिकोत्सव सम्पन्न

बैतडी । मेलौली नगरपालिका–०६ मा रहेको आमोद इंङ्गलिस बोडिङ्ग इंग्लिश बोर्डिङ स्कूलको १८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका साथ १८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो।

बोडिङ्ग स्कूलका संस्थापक लोकराज भट्टको अध्यक्षता तथा मेलौली नगरपालिकाका कार्यपालिका सदस्य सुरेश परियारको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको शिक्षक बिजय पोखरेलले बताउनुभयो। प्रिन्सिपल लक्ष्मण चन्दले बोडिङ्ग स्कूलको बार्षिक प्रतिबेदन तथा विद्यार्थीको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थिए। यसैगरी सरस्वती पुजासहित नर्सरी कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अक्षरारम्भ गराईएको जनाईएको छ। कार्यक्रममा अभिभावक, सुरक्षाकर्मी, सञ्चारकर्मी र लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.