बैतडीको शिवनाथ गाउँपालिका-०६ मा आठौं वडास्तरीय अन्तर आधारभूत कार्यक्रमहरू सम्पन्न भएका छन। वडा कार्यालयको आयोजनामा हिरापुर माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रमहरू सम्पन्न गरिएका हुन।
कार्यक्रममा वडाभित्रका तिनओटा विद्यालयहरू सहभागी भएका वडा सचिव राज बहादुर चन्दले बताउनुभयो। बौद्विक र शारीरिक गरि २० ओटा कार्यक्रमहरू सञ्चालन गरिएको वडासचिव चन्दले जानकारी दिनुभयो।
कार्यक्रमको बिजेता जिम्मेश्वर आधारभूत विद्यालय बसेडी प्रथम भएको छ। १० स्वर्ण, ३ रजत र २ कास्यका साथ जिम्मेश्वर आधारभूत विद्यालय प्रथम भएको जनाईएको छ।
यसैगरी ८ स्वर्ण, ९ रजत र ७ कास्यका साथ हिरापुर माध्यमिक विद्यालय बसेडीभ्वा द्वितीय र २ स्वर्ण, ८ रजत र १० कास्यका साथ कृष्ण आधारभूत विद्यालय कानलीले तृतीय स्थानमा चित्त बुझाएको छ।