मेलौलीमा नगरस्तरीय रनिङ शिल्ड भोलीबाट सञ्चालन हुने, तयारी पुरा

बैतडी: मेलौलीमा भोलीबाट हुन गईरहेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ। मेलौली नगरपालिका–०१ मा रहेको नगर स्टेडीयमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ९ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ।

भोलीबाट सञ्चालन हुने प्रतियोगिता तिनदिनसम्म सञ्चालन हुने नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारी (सागर) ले बताउनुभयो। मेलौली भगवती मन्दिरको परिसरमा हुदैं आईरहेको प्रतियोगिता यो वर्षदेखी नगर स्टेडीयमा सञ्चालन हुन गईरहेको हो।

प्राङ्गणमा प्रतियोगिताका लागि आवश्यक तयारी पुरा गरिएको छ। खेलमैदान सजावटदेखी लिएर मञ्च निर्माणको काम सम्पन्न भएको जनाईएको छ। प्रतियोगिताको लागि आवश्यक स्वयमसेवक परिचालन, आवश्यक पुर्वाधार लगायतका सबै विषयमा गम्भीर ढंगले लागि परेको मेलौली नगर खेलकुद समितिका अध्यक्ष भण्डारीले बताउनुभयो।

प्रतियोगिताको लागि नगरपालिकाले तिनदिन पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा विदा दिएको छ।

Leave A Reply

Your email address will not be published.