बैतडी : बैतडीको शिवनाथमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयाेजना र शिवनाथ गाउँपालिकाकाे समन्वयमा शिविर सम्पन्न भएको हाे।
शिवनाथ गाउँपालिका-०५ स्थित उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको स्वास्थ्य संस्था प्रमुख खकेन्द्रसिह महताले बताउनुभयो। शिविरबाट २०४ जनाले सेवा लिनुभएकाे महताले जानकारी दिनुभएको छ।
ओपिडी सेवा लिनेहरू १५६ जना, भिडियो एक्सरे सेवा लिने गर्भवती महिलाहरू ३१ जना र पाठेघरकाे मुखककाे क्यान्सर जाँच गर्ने महिलाहरू १७ जना रहेकाे जनाईएकाे छ।
शिविरमा नि:शुल्क औषधि बितरण समेत गरिएको थियो। शिविरमा आएका सेवाग्राहीकाे जिल्ला अस्पताल बैतडीका डाक्टर टकेन्द्र नेपालीले बिरामी चेकजाँच गर्नुभएको जनाईएकाे छ।