बैतडी : कमलपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका-०८ कोटिगाँका विद्यार्थीहरूले मेलौली नगरस्टेडियमको सफाइ गरेका छन। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन पश्चात नगरस्टेडीयम बिठ्ठने खेलमैदान सफाइ गरेका हुन।
शुक्रबार सम्पन्न भएको मेलौली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवधिमा भएको फोहोर सफाइ गरिएको वडाध्यक्ष तपेन्द्रसिह बिष्टले बताउनुभयो। सकारात्मक सन्देशसहित विद्यार्थीहरूले खेलमैदान सफाइ गरेको जानकारी दिनुभयो।
मेलौली नगरपालिकाले पहिलोपटक आफ्नै खेलमैदानमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको थियो। करिब चारदिनसम्म सञ्चालन भएको प्रतियोगितामा धेरैजना दर्शकहरू उपस्थित भएका थिए।
शिल्डको उपाधी मणिलेक नमुना माध्यमिक विद्यालयले उचालेको छ।