बैतडीको मेलौलीमा मकर सक्रान्ति कप सुरू

बैतडी : मेलौलीमा मकर सक्रान्ति कप सुरू भएको छ। दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा ९ ओैं मकर सक्रान्ति कप अन्तर वडास्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता सुरू भएको हो।

माहारूद्र स्पोर्टस क्लब मेलौली नगरपालिका-०५ को आयोजनामा प्रतियोगिता सुरू भएको क्लबका सचिव दिपक दमाईले बताउनुभयो। प्रतियोगितामा १६ टिम सहभागी भएका छन।

आयोजक क्लबका अध्यक्ष रमेशसिह पुजाराको अध्यक्षता तथा नेपाली कांग्रेसका माहासमिति सदस्य ईश्वर दत्त भट्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो। यसैगरी उद्घाटन सत्रमा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम राज जोशि, वडासदस्य प्रेम बहादुर चन्द, राष्ट्रिय रेफ्रि धिरज चन्द, पूर्व वडासदस्य उद्वब बहादुर चन्द र लक्ष्मीपुर आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक हरिदत्त जोशि लगायतको उपस्थिति रहेको थियो।

भलिबल प्रतियोगिता सगै वडास्तरीय अन्तर आधारभूत हाजिर जवाफ प्रतियोगिता समेत सञ्चालन गरिने जनाईएको छ। आज पहिलो दिन दुईओटा खेल सम्पन्न भएका छन।

Leave A Reply

Your email address will not be published.