बैतडी : बैतडीका बिभिन्न ठाउँमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।
माघ २४ गते जिल्ला अस्पताल बैतडीमा, माघ २५ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा, माघ २६ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा र माघ २७ गते कोटिला स्वास्थ्य चौकी पुर्चौडीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। शिविरमा मनोरोग बिशेषज्ञ डक्टरबाट मानसिक स्वास्थ्य सम्बन्धी परामर्श एवं उपचार गरिने बताईएको छ।
शिविरबाट सेवा लिन अनुरोध गरिएको छ।
