जिम्मेश्वर आधारभूत विद्यालयको ४३ औं वार्षिकोत्सब सम्पन्न

बैतडी : शिवनाथ गाउँपालिका–०६ बसेडीमा रहेको जिम्मेश्वर आधारभूत विद्यालयको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। आईतबार एक कार्यक्रमका बिच ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मसिह सुतारको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष कर्णसिह साउँदको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक अर्जुनसिह धनाडीले बताउनुभयो। यसैगरी वडाध्यक्ष भरतराम पार्की, कार्यपालिका सदस्य राजेन्द्र दयाल र कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्ट बिशिस्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रधानाध्यापक धनाडीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक धनाडीले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।

कार्यक्रमको अवसरमा ६ जना गरिब जेहेन्दार विद्यार्थीहरुलाई स्कुल पोसाक वितरण गरिएको छ। कपडा बैंक बैतडीका संयोजक भट्टले ६ जना गरिब जेहेन्दार विद्यार्थीहरुलाई स्कुल पोसाक वितरण गरिएको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.