बैतडी : मेलौलीमा खेलकुद सप्ताह सञ्चालन हुने भएको छ। मणिलेक बहुमुखी क्याम्पसको आयोजनामा यहि माघ २१ देखी २३ सम्म खेलकुद सप्ताह सञ्चालन हुने भएको हो।
खेलकुद सप्ताहमा छात्रछात्रा भलिबल, दौड, रिले दौड, लम्पजम्प, हाईजम्प, सटफुट, ज्याब्लिंग थ्रो र बक्तृत्व कला सञ्चालन हुने क्याम्पस प्रमुख भगिरथ सिह नेगीले बताउनुभयो। बक्तृत्व कलाको शिर्षक स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद राखिएको जानकारी दिनुभयो।
खेलकुद सप्ताहमा उपस्थित भई प्रतियोगिताको शोभा बढाईदिन सबैलाई क्याम्पसले आग्रह गरेको छ। खेलकुद सप्ताहमा क्याम्पसका विद्यार्थीहरु मात्र सहभागि हुने जनाईएको छ।
