बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ। बस सडकबाट करीब १५० मिटर तल खसेको छ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। घटनास्थलमा अहिले पनि उद्धारको काम चलिरहेको छ। अध्याँरोका कारण उद्धारमा कठीनाइ भएको हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए।
बसमा कति जना सवार थिए भन्ने कुरा एकीन हुन बाँकी रहेको छ। घाइतेहरुको विवरण समेत आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो।