उदय माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती सम्पन्न

बैतडी : उदय माध्यमिक विद्यालय शिवनाथ गाउँपालिका–०५ कफाडीको स्वर्ण जयन्ती सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका बिच विद्यालयको स्वर्ण जयन्ती एवं ५० औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम मनाईएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भकत बहादुर चन्दको अध्यक्षता तथा शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउँदको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक धनबिरसिह धनाडीले बताउनुभयो। यसैगरी गाउँपालिका प्रवक्ता एवं वडाध्यक्ष केशब बहादुर चन्द बिशिष्ट अतिथि रहनुभएको जनाईएको छ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा रहेको सुना गोपि कृष्ण अक्षयकोषबाट आएको ब्याजले पाचँ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि वितरण गरिएको विद्यालयले जनाएको छ। सोहि सुना गोपि कृष्ण अक्षयकोषमा विद्यालयका शिक्षक नारायण चन्दले १ लाँख ११ हजार १११ रुपैया थप गर्नुभएको प्रधानाध्यापक धनाडीले जानकारी दिनुभयो। यसैगरी उदयदेव आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी राधा चन्दले आफ्ना बुवाको सम्झनामा १ लाँख ११ हजार १११ रुपैयाको पुनि रामि चन्द स्मृति अक्षयकोषमा स्थापना गर्नुभएको छ।

No description available.

कार्यक्रममा प्रधानाध्यापक धनाडीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक धनाडीले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा मनाईएको जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।

No description available.

कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.