जिसस बैतडीका सदस्य भाटलाई मस्तिष्क घात, उपचारमा सहयोगको अपिल

बैतडी – जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं समाजसेवी प्रेमसिंह भाटलाई मस्तिष्क घात भएको छ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले काठमाण्डौैमा आयोजना गरेको तालिममा सहभागी भएका भाटलाई मस्तिष्क घात भएको उनका भाञ्जा विरेन्द्र बिष्टले बताए । भाटको काठमाण्डौं मेडिकल कलेजको उच्च निर्भरता एकाइ ९एचडियु०मा राखेर उपचार भइरहेको छ ।

पाटन नगरपालिका–९ घर भएका भाट ओखलेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै तालिममा सहभागी भएका थिए । भाटलाई माघ २२ गते बिहान एक्कासी रिङ्गटा लागेको थियो । उनलाई तत्काल सिभिल अस्पतालमा पुर्याइएको थियो । त्यसपछि उनलाई थप उपचारको आवश्यकता परेपछि केएमसीमा भर्ना गरिएको हो ।

अस्पतालमा गरिएको परीक्षणपछि भाटको दिमागमा रगत जमेको र मस्तिष्कघात भएको पुष्टि भएको छ ।

अवस्थाको जटिलतालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक परे थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आउन सक्ने जनाएको छ । मस्तिष्कघातसम्बन्धी थप रगत परीक्षण नेपालमा उपलब्ध नभएकाले परीक्षणका लागि नमुना भारत पठाइएको बिष्टले बताए ।

लामो समयदेखि समाज सेवामा सक्रिय रहेका भाट बिरामी भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको छ । समस्यामा परेका बिरामीहरुका लागि अभियान सञ्चालन गर्दै आएका भाट बिरामी भएपछि उनको उपचारमा सहयोगका लागि अभियान सञ्चालन गरिएको पाटन नगरपालिका –९ का स्थानीय शिवराज भट्टले बताए ।

प्रेमसिंह भाटको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउँदै भट्टले सहयोग गर्ने मनकारीहरुले उनको ग्लोलब आइएमइ बैंकमा रहेको तलको खातामा रकम जमा गर्न सकिने बताए ।

Leave A Reply

Your email address will not be published.