केदार आविको उत्कृष्ट कदमः गरिब विद्यार्थीलाई झोला वितरण

बैतडी : पञ्चेश्वर गाउँपालिका–०४ लडागाँउमा रहेको केदार आधारभूत विद्यालयमा अध्ययनरत बिपन्न परिवारका बालबालिकालाई झोला वितरण गरिएको छ। विद्यालयमै गठन गरिएको सरसफाइ समितिको पहलमा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहजता होस् भन्ने उद्देश्यले ६५ औं वार्षिकोत्सवको अवसरमा झोला वितरण गरिएको सरसफाइ समिति संयोजक शिक्षक बिरेन्द्र भट्टले जानकारी दिनुभयो। समितिका सदस्यहरूले आफ्नै सक्रियता र समन्वयमा झोला व्यवस्थापन गरी ४ जना विद्यार्थीलाई सहयोग गरेका हुन्।

झोला पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन। आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका बालबालिकाका लागि यो सहयोगले ठूलो राहत मिलेको विद्यालयले सरसफाइ समिति संयोजक शिक्षक भट्टले बताउनुभयो।

विद्यालय प्रशासनले सरसफाइ समितिको कामको प्रशंसा गर्दै यस्तो सामाजिक तथा सहयोगी कार्यले विद्यालयमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

यस प्रकारका साना तर महत्वपूर्ण सहयोगले बिपन्न परिवारका बालबालिकाको शिक्षामा थप हौसला मिल्ने स्थानीयले बताएका छन्।

Leave A Reply

Your email address will not be published.