बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ नानिगाडमा रहेको उमामुक्तेश्वर आधारभूत विद्यालयले आफ्नो ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह फागुन १ र २ गते आयोजित गर्न लागेको छ। गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ।
विद्यालयका प्रधानाध्यापक बलिसिह साउँद र व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण पार्कीका अनुसार, यो समारोहले विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र शिक्षण सिकाई–शिक्षण वातावरणलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत, विद्यालयका समस्या, चुनौती, अवसर लगायत परम्परागत सांस्कृतिक नाच–गान आयोजना गरिने विद्यालयले जनाएको छ।