बैतडी: शिवनाथ गाउँपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष माहादेवसिह धनाडीको सभाध्यक्षता तथा पूर्व सभासद (संबिधान सभा सदस्य) नरेन्द्र कुवर बिजय सुन्दरको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक करन बहादुर चन्दले बताउनुभयो। यसैगरी वडाध्यक्ष भरतराम पार्की, नेकपाका केन्द्रिय सदस्य पमानन्द भट्ट, पूर्व प्रदेशसभा सदस्य माया भट्ट, युवा नेता राजेन्द्र बहादुर चन्द र शिवनाथ गाउँपालिकाका विद्यालय निरिक्ष दिनेश साउँद बिशिस्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक चन्दले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक चन्दले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।