बैतडीको मेलौली–०३ मा रास्वपाको वडा समिति विस्तार, सभापतिमा चन्द

बैतडीको मेलौली नगरपालिका–०३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गरेको छ। रास्वपाका मेलौली नगर कमिटी सभापति महेन्द्र भट्टको प्रमुख आतिथ्यमा वडा समिति बिस्तार गरिएको हो।

वडा समितिको सभापतिमा वीर बहादुर चन्द चयन भएका छन। यसैगरी उप–सभापतिमा जय सिंह भाट, कोषाध्यक्षमा पार्वती ठगुन्ना, सचिवमा खकेन्द्र बहादुर चन्द र सदस्यहरुमा धना सेरला, देवकी जोशी बाग, भरत राम सेरला, कारन बहादुर चन्द र धन बहादुर चन्द चयन गरिएको नगर कमिटी सभापति भट्टले बताउनुभयो।

पछिल्लो समयमा रास्वपाप्रति युवाहरुको आकर्षण बढ्दै गएको सभापति भट्टले बताउनुभयो। मेलौलीका सबै वडामा पार्टी समिति विस्तार गर्ने भईरहेको जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.