मणिलेक बहुमुखी क्याम्पसमा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

बैतडीको मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा यही फागुन ४ गते खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ।

क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने स्ववियु सभापति मनोज दत्त ओझाले बताउनुभयो। प्रतियोगिताको शीर्षक “आम निर्वाचनमा युवाको भूमिका” रहेको छ। प्रत्येक सहभागीलाई आफ्नो प्रस्तुति राख्न अधिकतम ७ मिनेट समय निर्धारण गरिएको छ।

उत्कृष्ट प्रस्तुति गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई १५०५, द्वितीय हुनेलाई १००५ र तृतीय हुनेलाई ५०५ नगद पुरस्कार प्रदान गरिने स्ववियु सभापति ओझाले जानकारी दिनुभएको छ।

प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला विकास गर्नुका साथै समसामयिक राजनीतिक विषयमा युवाको दृष्टिकोण अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.