स्थानीय तहको कार्यसम्पादन मूल्यांकन: दोगडाकेदार पहिलो, डिलाशैनी पुछारमा

बैतडी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ। विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको नतिजा अनुसार बैतडीका १० ओटा स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिका ६० दशमलव ५२ अंकसहित जिल्लामा पहिलो भएको छ । यस्तै ४० दशमलव ३८ अंक ल्याएर डिलाशैनी गाउँपालिका पुछारमा रहेको छ।

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ५९ दशमलव ७० अंक ल्याएको छ भने शिवनाथ गाउँपालिकाले ५९ दशमलव ४४ अंक प्राप्त गरेको छ । यस्तै मेलौली नगरपालिकाले ५७ दशमलव १६ अंक ल्याउँदा सुर्नया गाउँपालिकाले ५२ दशमलव ४६ अंक ल्याएको छ।

कार्यसम्पादन मूल्यांकनमा पुर्चौंडी नगरपालिकाले ४८ दशमलव ६९, दशरथचन्द नगरपालिकाले ४८ दशमलव ५८, पञ्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५१ र सिगास गाउँपालिकाले ४६ दशमलव ७१ अंक ल्याएको छ।

आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन्।

यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरे/नगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ।

Suchak--1770960203.jpg

Palika--1770960232.jpg

 

 

Leave A Reply

Your email address will not be published.