बैतडी: जवलपुर माध्यमिक विद्यालय सैलोडाले वार्षिकोत्सव मनाउने भएको छ। पञ्चेश्वर गाउँपालिका–०४ सैलोडामा रहेको विद्यालयले आफ्नो ७९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह फागुन ५ गते आयोजित गर्न लागेको हो।
विद्यालयका प्रधानाध्यापक हजारी दत्त बागका अनुसार, यो समारोहले विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र शिक्षण सिकाई–शिक्षण वातावरणलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत, विद्यालयका समस्या, चुनौती, अवसर लगायत परम्परागत सांस्कृतिक नाच–गान आयोजना गरिने विद्यालयले जनाएको छ।