बैतडीमा आचारसंहिता सम्बन्धी सर्वदलीय बैठक सम्पन्न

बैतडी : आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बैतडीमा आचारसंहिता सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिको आयोजनामा बैठक बसेको हो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तिर्थराज भट्टको संयोजकत्वमा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।

बैठकमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा व्यवस्थापनका विषयमा आवश्यक समन्वय, छलफल र सहजीकरण गर्नेबारे विस्तृत समीक्षा गरिएको थियो। साथै निर्वाचन प्रचार–प्रसारका क्रममा बैंक खाता सञ्चालनको पारदर्शिता, खर्च विवरणको व्यवस्थापन तथा राजनीतिक दलका कार्यक्रमहरूलाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्ने विषयमा समेत निर्णय गरिएको जनाइएको छ।

बैठकमा सहभागीहरूले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन वातावरण निर्माण गर्न सबै पक्षले आ–आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन प्रशासन र सरोकारवाला निकायबीच समन्वयात्मक भूमिका अझ सुदृढ गरिने समेत निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दयालले बताउनुभयो।

जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन अवधिभर नियमित अनुगमनलाई तीव्रता दिने जनाएको छ। बैठकले फागुन ५ गतेसम्म प्रचार प्रसार खाता खोलिसक्न पर्ने र फागुन ४ गतेसम्म प्रत्येक उम्मेदवारले आफ्नो घोषणापत्र मुख्या निर्वाचनको कार्यालयमा पेश गरि जिल्ला निर्वाचन कार्यालयलाई जानकारी दिने निर्णय गरिएको छ। हालसम्म ६ जना उम्मेदवारले प्रचार प्रसार खाता खोल्न सिफारिस लगेका छन। यसैगरी ५ जनाले खाता खोलिसकेको जानकारी गराएको बताईएको छ। 

No description available.

No description available..

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.