बैतडीको मेलौलीमा नगरस्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता हुदैँ

बैतडीः मेलौलीमा नगरस्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरस्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता फागुन ७, ८ र ९ गते सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले बताउनुभयो। मेलौली नगरपालिका–०४ मा रहेको विजयपुर माध्यमिक विद्यालय तिताबैको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ।

नगरपालिकाका प्रत्येक वडाबाट एक–एक टिम मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ, तृतीयलाई १५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टिमलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र समेत वितरण गरिनेछ।

खेल अवधिभर सहभागी खेलाडीका लागि खान, बस्न तथा खाजाको व्यवस्था आयोजकले गर्नेछ भने खेल पोशाक (ड्रेस) सम्बन्धित टिमले आफैं व्यवस्था गर्नुपर्नेछ। नगरस्तरीय खेलकुद गतिविधिले स्थानीय युवाहरूमा खेलप्रति उत्साह अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बतानुभयो।

May be an image of text

Leave A Reply

Your email address will not be published.