शिवनाथ मन्दिरमा सरसफाइ गर्दै सुरक्षाकर्मीले दिए सकारात्मक सन्देश

बैतडी : जिल्लाको तल्लो स्वराड क्षेत्र अन्तर्गत शिवनाथमा रहेको प्रसिद्ध शिवनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। प्रहरी चौकी सुल्लेखानको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी चौकी सुल्लेखानका इन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीश साउँदको नेतृत्वमा चौकीका सम्पूर्ण प्रहरी परिवार तथा निर्वाचन सुरक्षामा खटिएका प्रहरीले सरसफाइ कार्य सम्पन्न गरेका हुन्।

कार्यक्रम अन्तर्गत मन्दिर परिसरमा थुप्रिएको फोहोर, प्लास्टिकजन्य पदार्थ तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। धार्मिक स्थललाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रहरी चौकीले जनाएको छ।

स्थानीयवासीले सरसफाइ अभियानले धार्मिक स्थलको संरक्षणमा सकारात्मक सन्देश दिएको बताएका छन।

Leave A Reply

Your email address will not be published.