बैतडीको पञ्चेश्वर गाउँपालिकामा वडामै योजना सम्झौता सुरु

बैतडीः पञ्चेश्वर गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्य सुरु गरेको छ। आजदेखि वडास्तरमै योजना सम्झौता प्रक्रिया अघि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताउनुभयो।

आज पहिलो दिन वडा नं- ५ बाट योजना सम्झौता कार्य सुरु गरिएको छ। बाँकी वडाहरूमा समेत क्रमशः योजना सम्झौता गरिँदै जाने र यही फागुन १४ गतेसम्म सबै वडामा योजना सम्झौता सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाएको छ।

योजना सम्झौता गर्न पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादूर बोहरा,पूर्वाधार शाखा प्रमुख इन्जिनियर धनश्याम मौनी , प्रशासन शाखामा कार्यरत राईजन सार्की ,पोषण सहजकर्ता नारायण सार्की ,वडाका सचिव लगायतकको सिंगो टिम वडा कार्यालयमा पुगेर योजनाको सम्झौता कार्य सूरुवात बोहराले बताउनुभयो। । गाउँपालिकामा पुगेर योजना सम्झौता गर्न झण्झटिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि वडामै योजना सम्झौताको काम भइरहेको बताइएको छ ।

वडामै योजनाहरुको सम्झौता गर्ने कार्यले गाउँबासीहरुलाई सहज भएको पञ्चेश्वर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेश बहादुर चन्दले बताउनूभयो ।

गाउँपालिकाले यहाँका स्थानीयवासिको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौताको काम अगाडि बढेको गाउँपालिका अध्यक्ष गो्खर बहादुर चन्दको भनाइ छ।

विशेषगरी,वडामा सेवा पुर्‍याउन गरिएको यो कार्यले योजना सम्झौताको प्रक्रिया छिटो,पारदर्शी र प्रभावकारी बनाएको गाउँपालिका उपाध्यक्ष विना भट्टले बताईन ।

Leave A Reply

Your email address will not be published.