जन्मदिनमा सामाजिक दायित्वः सई चन्दले अघि बढाए सरसफाई कार्यक्रम

बैतडीः इलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज (सई) नरेन्द्र बहादुर चन्दको जन्मदिनको अवसर पारेर मेलौलीमा सरसफाई कार्यक्रम गरिएको छ। मेलौली बसपार्क, हरिपुर बजार र काडाँ बजार आसपासका सडकहरू तथा इलाका प्रहरी कार्यालय परिसर वरिपरि व्यापक सरसफाई गरिएको हो।

सरसफाई कार्यक्रममा प्रहरी निरीक्षक बलदेव बडु, इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, निर्वाचन ड्युटीमा खटिएका प्रहरी, साथै मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द लगायत जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

बजार क्षेत्रमा फैलिएको फोहोर र छरिएका सिसाका बोतलहरूको सफाइ थियो। सरसफाइका साथै वातावरण संरक्षण, सार्वजनिक स्थानको सफाई र फोहोर व्यवस्थापनबारे समेत सचेतना अभिवृद्धि गरिएको थियो। 

सार्वजनिक स्थान सफाइ भएपछि मेलौली बजार क्षेत्रमा पसल व्यवसायी, स्थानीय नागरिक तथा आगन्तुकले कार्यक्रमलाई सराहना गर्दै फेसन र स्वस्थ वातावरणका लागि यस प्रकारका पहल आवश्यक रहेको बताएका छन्। कार्यक्रमले मेलौलीमा समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथैं भविष्यमा पनि यस प्रकारका सरसफाइ पहलहरू निरन्तर राख्नुपर्ने सन्देश फैलाएको छ।

सो अवसरमा मेलौली नगरपालिका वडा.न -७ बस्ने युवा व्यावसायी कैलाश महरले पनि ९० जना सरसफाई कार्यक्रमका सहभागीहरुलाई निःशुल्क रुपमा र विस्कुट वितरण गरेका छन । समाजिक कार्यमा निरन्तरता दिनेलाई आफुले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

जन्मदिनलाई सामाजिक उत्तरदायित्व सँग जोड्दै गरिएको सरसफाई कार्यक्रमले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। स्थानीयवासीले समेत कार्यक्रमको प्रशंसा गरेका छन्।

Leave A Reply

Your email address will not be published.