बैतडी: जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीका अस्थायी मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।
छुटेका अस्थायी मतदाताहरुको नाम समावेश गर्दै अस्थायी मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बताए। बैतडीमा २ हजार ७० जना अस्थायी मतदाता रहेका उनले बताए।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अस्थायी मतदाताहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ। अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, विभिन्न कार्यालयका कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई राख्ने गरिएको छ।