बैतडी प्रहरीको सक्रियता: माघमै चार फरार प्रतिवादी पक्राउ

बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले गएको माघ महिनामा चार जना फरार प्रतिवादी पक्राउ परेका जनाएको छ। जिल्लाका विभिन्न स्थानबाट चालु मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको थियो। यस्तै प्रहरीले एक महिनाको अवधिमा समुदाय र विद्यालय केन्द्रित १ सय ३३ ओटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। १ सय १६ ओटा कार्यक्रम समुदाय केन्द्रित र १७ ओटा कार्यक्रम विद्यालय केन्द्रित सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रहरीले सञ्चालन गरेका कार्यक्रमबाट ६ सय ५७ जना महिला र १ हजार ४१८ जना पुरुष लाभान्वित भएका प्रहरी निरीक्षक सिहंले बताए। प्रहरीले सञ्चालन गर्ने कार्यक्रमहरु अपराध न्यूनीकरणमा केन्द्रित रहेका उनले बताए। समुदायमा हुन सक्ने विभिन्न अपराधहरु न्यूनीकरणका लागि प्रहरी र समुदाय मिलेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेका प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.