प्रजातन्त्र दिवस बिशेष देउडा गित…

दुई हजार सात सालमा, प्रजातन्त्र आयो ।।
सबै मिली वीर शहीदले, ज्यानको बाँजी दियो ।।

शुक्रराज धर्मभक्त, दशरथ गंगालाल ।।
देशकि निम्ति ज्यानको बाजी, मद्यु अभोकाल ।।

प्रजातन्त्र ल्याउनाइ लेखा, कतिब शाहिद भया ।।
प्रजातन्त्रको विकास हुन्या, सवै एकजुट भया ।।

ज्यान फाल्यो जन्ताकी लेखा, स्वदेशका हित ।।
देशका दुख मेटउनाकी, खेल्यो गोली सित ।।

युवा शक्ती सबै हिट्या, विदेश खाडी तिर ।।
विश्वमाझ को उठालो, नेपालीनको शिर।।।

नयाँ नयाँ सरकार बन्या, सबै रइछन तसाई ।।
धनी त आरामले खना, गरीबका दिन उसाई ।।

कसैका एक लाखका पलङ, कसैका दरी नाई ।।
कसैका रातदिन दालभात, कसैका रोटी नाई ।।

देशभक्ती सबैकी शक्ती, जइ–जईका कलाम ।।
प्राण दिन्या बीर शहीदौं, माटीको सलाम ।।

शहीदले लायाका गुन, देशले चुकाउनुछ ।।
नेपाल इजुका आँशु, हमले सुकाउनुछ ।।

भविश्यका देश हाकऱ्यौ, धेका आफ्नी खुबी ।।
प्रजाप्रेमी जनता उठ आब, देश गयो डुबी ।।

ज्यानको बॉजी जइले दियो, सत्यकी चाहना ।।
प्रजातन्त्र दिवसको, सबलाई शुभकामना ।।

रचना : शिक्षक कृष्ण दत्त भट्ट
हाल : श्री केदार शिशु सुधारक मावि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा।
स्थायी ठेगाना : मेलौली नगरपालिका ६ हतरंगा, बैतडी।

Leave A Reply

Your email address will not be published.