बैतडीः कोटेश्वर आधारभुत विद्यालय मेलौली नगरपालिका–२ कर्पत बैतडीका २५ जना विपन्न र पढाइमा उत्कृष्ट विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको छ। कपडा बैंक बैतडीको पहलमा उक्त स्विटर वितरण गरिएको हो।
विद्यालयको ४२ औं वार्षिकोत्सवको अवसरमा स्विटर वितरण गरिएको कपडा बैंकका संयोजक महेश दत्त भट्टले जानकारी दिनुभयो। स्विटर वितरण कार्यक्रमले विशेषगरी न्यानो कपडाको अभाव भएका विद्यार्थीहरूलाई सहयोग पु¥याएको छ।
कपडा बैंक बैतडीले विभिन्न मौसम अनुसारका लुगा र कपडाहरू समयसमयमा वितरण गर्दै आएको छ। जसका कारण विपन्न परिवारका विद्यार्थीहरूलाई कपडा प्राप्त गर्न सजिलो भएको छ।
सबैले कपडा बैंकको पहललाई सराहना गर्दै भविष्यमा यस्ता सहयोगी कार्यक्रमहरूको निरन्तरतामा जोड दिन अभिभावकहरुले आग्रह गर्नुभयो। यस पहलले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत समृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।