बैतडीको शिवनाथमा जिप दुर्घटना, चालकको मृत्यु

बैतडीः शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा परेर २६ वर्षीय चालक केशवसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। अहिले धामकिो शब केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। आजै पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ग्रामीण भित्री सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.