बैतडी: मेलौली नगरपालिकाले कक्षा ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै चैत्र ५ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको हो।
साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूको परीक्षा चैत्र ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले बताउनुभयो। नियमित वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो।
नगरपालिकाले सबै विद्यालयलाई तोकिएको समय तालिका अनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ। यसैगरी आधारभूत तह कक्षा ८ को परीक्षा पनि चैत ५ देखि १२ गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
सुचना!
