बैतडी: गोविन्दपूरी माध्यमिक विद्यालय भागेश्वर गाँउपालिका–०२ लामिकाण्डे डडेल्धुराको ६५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच ६५ औँ वार्षिकोत्सव तथा अभिावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश राज गिरिको अध्यक्षता तथा भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको प्रधानाध्यापक लक्ष्मी दत्त चटौतले जानकारी दिनुभयो। यसैगरी वडा न २ का वडाध्यक्ष उपेन्द्र जोरा र वडा न ३ का वडाध्यक्ष डम्बरराज जोशी बिशिष्ट अतिथि रहनुभएको जनाईएको छ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक चटौतले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। यसैगरी प्रधानाध्यापक चटौतले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप र भौतिक पूर्वाधार विकासमा गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति मार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, बिभिन्न सघंसंस्थाका कर्मचारी, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि, अभिभावक लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ गर्नुका साथै शैक्षिक विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।