बैतडीको शिवनाथमा विद्यालयस्तरीय वार्षिक परीक्षा चैत ५ गतेबाट हुने

बैतडी: शिवनाथ गाउँपालिकाले विद्यालय स्तरीय वार्षिक परिक्षा ( ४, ५, ६, ७ र ९) को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै चैत्र ५ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको हो।

साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूको परीक्षा चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिह महताले बताउनुभयो। नियमित वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो।

गाउँपालिकाले सबै विद्यालयलाई तोकिएको समय तालिका अनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ। यसैगरी आधारभूत तह कक्षा ८ को परीक्षा पनि चैत ५ देखि १२ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.