बैतडी: शिवनाथ गाउँपालिका–५ का दन्नी कफाडीका ५७ वर्षीय रमेश ओड (लाटो ओड) सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी फागुन २ गते दिउँसो घरबाट आफ्नी श्रीमती गीता ओडलाई लिनका लागि मेलौली नगरपालिका–६ पोखरी माइतीघर गएका थिए।
तर श्रीमती गीता ओड दिदीको घर दशरथचन्द नगरपालिका–९ जोशिबुंगा लोण्यासिउमा रहेकी थिइन्। उनलाई लिन त्यतै पुगेका ओड दुई दिन उतै बसेर फागुन ६ गते घर फर्किएका थिए। श्रीमतीभन्दा करिब आधा घण्टा अगाडि घरतर्फ हिँडेका उनी त्यसयता सम्पर्कमा आएका छैनन्। श्रीमती भने सकुशल घर पुगिसकेकी छन्।
हराएका ओड गहुँगोरो वर्णका छन्। हराउँदा उनले रातो ज्याकेट, ढाका टोपी र कालो पाइन्ट लगाएका थिए। छोरा हिमाल ओडले बुवा हराएको जानकारी दिएका छन्। परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा लिखित निवेदन दिएको जनाएको छ। कार्यालयका इन्चार्ज नरेन्द्र बहादुर चन्दलेजी कार्य सुरु गरिएको बताउनुभयो।
उहाँको अवस्थाबारे कसैलाई जानकारी भएमा नजिकैको प्रहरी चौकी वा निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिन परिवारले अनुरोध गरेको छः ९८४१८२२०२१, ९७४३५८२८१५, ९७६२०८६२००।