सामाजिक सदभाव कायम राख्न बैतडी प्रशासनको आग्रह

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सामाजिक सदभाव कायम राख्न आग्रह गरेको छ। बिहीबार एक अपिल जारी गर्दै आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेतर्फ सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

यही फागुन १३ गते डिलाशैनी गाउँपालिका–७ को लेकमा रास्वपा र एमाले कार्यकर्ताबीच भएको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले यस्ता घटनाहरुले समग्र जिल्लाको शान्ति–सुरक्षा, अमनचयन बाधा पर्न सक्ने जनाएको छ। घटनाको निष्पक्ष छानबीन गरी दोषीमाथि कानुनी कारवाही हुने समेत प्रशासनले जनाएको छ।

सोही घटनाको सन्दर्भलाई लिएर बिहीबार सर्वदलीय बैठक बसको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए। बैठकले अबका दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आपसी सम्पर्क, समन्वय र सहकार्य आवश्यक रहेको समेत प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.