होली पर्व बिशेष देउडाहरु..

रिस राग धोई पखाल, रंगीलो यो पर्व ।।
माया बाँडी संसार रंगाऊ, सबै गरउ गर्व ।।

रातोले उमंग ल्याउने, हरियो आश बढाउन्या ।।
सप्‌ जनाले होली खेल्या, मन खुसी बनउन्या ।।

पहिलोले उज्यालो ल्याउना, निलो हो शान्तीको ।।
सुखदुख बाँडी खेल्लु हो, धोका मेटाई मनको ।।

रंगहरुको छिटा छिर्दै, यई आकाश भरी ।।
खुसियालीको मुहार लगाई, खेल्लान घरी घरी ।।

सुख, शान्ती रे समृद्धिको, कामना गातमा ।।
सबै दिन रमाइला होइजाउन, सबैका साथमा ।।

रंगीली होलीका जसो, रंगीरउ जीवन ।।
मनमा हौसला बढउ, सुख हउ तनमन् ।।

सत्य हो सपहै ठुलो, भाव राख्या मनमाई ।।
होलीकी आशिष फलीबसउ, नेपाली जनमाई ।।

रिटी आउन घुमी आउन, रंगीला यिन मैना ।।
सत्यकी संघर्ष गरया, रसाइ जाना नैना ।।

देवीदेवताले पुरा गरुन, सबैका चाहना ।।
रंगीला यई काजबारको, छ शुभकामना ।।

शिक्षक कृष्ण दत्त भट्ट
स्थायी ठेगाना: मेलौली नगरपालिका ६ हतरंगा, बैतडी।
हाल : श्री केदार शिशु सुधारक मा.वि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा।

 

Leave A Reply

Your email address will not be published.