बैतडीका २१५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै

बैतडीमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया जारी रहेको छ। बिहानदेखि नै मतदाताहरु उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

जिल्लाका कुनै पनि स्थानबाट अहिलेसम्म अप्रिय घटना वा समस्या नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्लाभर रहेका २१५ वटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ। बैतडीमा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ जहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्।

जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ जना अन्य मतदाता रहेका छन्। यसका साथै २ हजार ७० जना अस्थायी मतदाता पनि रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीको सक्रिय उपस्थितिका कारण मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.