नारि दिवस बिशेष देउडाहरु…

सबै गाउँठाउँ सहर भित्र, हकका नाममाई ।।
शोषित पिडित नारी उठ, आ–आफ्ना ठाउँमाई ।।

नदी जसी नारी हुन, सधै बगन्या शक्ती ।।
ढुङ्गासित ठोकियालै, नरोकिन्याइ भक्ती ।।

एकै सिप एकै काम, पसिनाकी धार ।।
सबै नारी एकजुट भई, मागौं अधिकार ।।

महिना बित्या बर्ष वित्या, कब अउन्ना सुदीन ।।
महिलाले स्वतन्त्र भई बाँच्या, कवआली हाइनीन ।।

इजा भई स्नेह दिन्या, दिदि बहिनिको गात ।।
छोरी भया घर उज्यालो, पत्नी बनी साथ ।।

कामको हर हिसाव गरी, जनगरउ भेदभाव ।।
हत्या हिंशा बलात्कार है, मुक्त राखौं आब ।।

नारी जती सबै उठ्या, हक अधिकारकी ।।
आजको दिन यादगार होइजाउँ, महिला संसारकी ।।

जा हुन्छे नारीकी पूँजा, वाई देवता रमउन्या ।।
नारीलाई इज्जत दियाँ, पुरुष नाउँ कमउन्या ।।

महिलालाई झिक चिन्ता हुन्छ, गाण्याका रिनको ।।
सबैलाई सम्झना होइजाउँ, आजका दिनको ।।

नारी जीवन हिंशा मुक्त, समाजले बनाउनु ।।
महिलालाई अधिकार दिई, यो दिवस मनाउनु ।।

नारी शक्ती देशकी भक्ती, जनताको चाहना ।।
बयासीका नारीदिवसको, सपलाई शुभकामना ।।

रचना : कृष्ण दत्त भट्ट
हाल श्री केदार शिशु सुधारक मावि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा।
स्थायी ठेगाना : मेलौली नगरपालिका ६, हतरंगा बैतडी।

Leave A Reply

Your email address will not be published.