डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाले ऐतिहासिक जित निकाल्न सफल भएको हो। २०४८ यताका संसदीय निर्वाचनमा देउवा लगातार विजयी हुँदै आएका थिए, तर यसपटक भने कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै डा. जोशी विजयी भएका हुन्।