बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

निर्वाचनको अन्तिम परिणाम अनुसार हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गरेका छन् भने चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत मात्र पाएका छन्। यस्तै, लगातार तीन पटक बैतडीबाट निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी यसपटक भने १७ हजार ९१ मत सहित तेस्रो स्थानमा सीमित भएका छन्।

बैतडीमा कुल ७२ हजार ८ सय ४३ मत खसेको थियो भने ५ हजार १ सय १३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.