बैतडीमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना शुरु भएको छ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि आज दिउँसोदेखि समानुपातिकतर्फको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए। जिल्ला अदालतको भवनमा स्थानीय तह अनुसार मतगणना कार्य भइरहेको भट्टले जानकारी दिए।
फागुन २१ गते भएको निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो। यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।