बैतडीको समानुपातिक मत परिणाम: रास्वपा पहिलो

बैतडी : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ। गएराति सम्पन्न मतगणना अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ हजार ७३६ मत ल्याएको छ। उसले बैतडीमा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ। एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षको भन्दा कम मत ल्याएको छ। प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेश्रो भएको छ। उसले १५ हजार ९ सय ७ मत ल्याएको छ। जबकि प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएका थिए।

समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले ६ हजार ३३५ मत ल्याएको छ। नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ। प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत प्राप्त गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ। राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ। प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन्। समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.