बैतडीमा नेकपा एमालेको चुनावी समीक्षा कार्यक्रम सुरु

बैतडी : प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजय व्यहोरेपछि नेकपा एमाले बैतडीले चुनावी समीक्षा कार्यक्रम शुरु गरेको छ।

२०७० सालदेखि लगातार बैतडीमा जित हाँसिल गर्दै आएको एमाले यो निर्वाचनमा प्रत्यक्षतर्फ तेश्रो भएको छ। एमाले उम्मेदवार दामोदर भण्डारीले यो निर्वाचनमा १७ हजार ९१ मत ल्याएका थिए। गएको बिहीबार सम्पन्न भएको निर्वाचनमा यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका छन्।

एमालेले जिल्लाका १० ओटै स्थानीय तहमा उम्मेदवारसहित चुनावी समीक्षा कार्यक्रमको आयोजना गरेको युवा संघ बैतडीका अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए। आज दोगडाकेदार र डिलाशैनीमा चुनावी समीक्षा कार्यक्रमको आयोजना गरिएको उनले बताए। समीक्षा कार्यक्रम अन्तर्गत मतदाता भेटघाट, पार्टी पराजय हुुनुको कारणका बिषयमा छलफल र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा छलफल हुने गरेको भट्टले बताए।

जिल्लाका १० ओटै स्थानीय तहमा उम्मेदवार भण्डारीसहितको टोलीले स्थानीय मतदाताहरुसँग भेटघाट र पार्टीका स्थानीय कमिटिहरुसँग छलफल गर्ने गरेको भट्टले बताए।

Leave A Reply

Your email address will not be published.