बैतडी : आज जिल्ला प्रहरी कार्यालय बैतडी लगायत जिल्लाका विभिन्न प्रहरी कार्यालयहरूमा निर्वाचन ड्युटीमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाई गरिने भएको छ।
बिदाई जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तश्वदेही मेलौलीमा सञ्चालन हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि खटिएका सम्पूर्ण निर्वाचन प्रहरीहरूलाई तोकिएको पोशाक डांग्री लगाई बिहान ११ बजे सम्बन्धित कार्यालयमा उपस्थित हुन जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गरेकोमा धन्यबादसहित बिदाई गरिने बताईएको छ। बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरेर १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो।