बैतडीमा निर्वाचन प्रहरीको बिदाई, सेवाको कदर गर्दै सम्मान

बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीहरूको औपचारिक बिदाई गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्वदेहि मेलौलीबाट निर्वाचन ड्युटीमा खटिएका सम्पूर्ण निर्वाचन प्रहरीहरूलाई धन्यवादसहित बिदाई गरिएको हो।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा व्यवस्थित रूपमा सम्पन्न गराउन योगदान दिएको भन्दै निर्वाचन प्रहरीहरूलाई प्रमाणपत्र र खादाले सम्मान गर्दै बिदाई गरिएको जनाएको छ।

बिदाई कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्दले छोटो अवधिमा निर्वाचन प्रहरीले धेरै अनुभव र सिकाइ हासिल गरेको बताउनुभयो। उहाँले समाजमा राम्रो भूमिका खेल्दै हत्या, हिंसा तथा कुलत जस्ता विकृति नियन्त्रण गर्न पनि सबै निर्वाचन प्रहरीहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

निर्वाचनमा खटिएका प्रहरीहरूले पनि सेवा अवधिमा धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन्। बैतडीमा यस पटक नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरी कुल १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो।

Leave A Reply

Your email address will not be published.