बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ बर्षीया सरस्वती रावलको बिहीबार बिहान साढे १० बजेतिर भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।

रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.