बैतडीमा बन डढेलो व्यवस्थापन सप्ताह आजदेखि शुरू

बैतडी-बैतडीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले वन डढेलो सचेतना सप्ताह सुरु गरेको छ।सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय बैतडीले वन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको हो।

यो वर्षको नारा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने रहेको छ ।विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने र जेठ मसान्तसम्म डढेलोको समय भएकोले विशेष निगरानीका कार्यक्रम हुने डिभिजन बन कार्यालय बैतडीका प्रमुख भक्त राज गिरीले बताउनुभयो ।

सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकाय हरु संग विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बन अधिकृत नरेश चन्द्र कर्णले जानकाी दिनुभयो ।

डिभिजन बन कार्यालय बैतडीका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापन सम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।

Leave A Reply

Your email address will not be published.